चलचित्र ‘लन्डन टु पेरिस’को छायांकन सम्पन्न
चलचित्र ‘लन्डन टु पेरिस’को छायांकन सकिएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्रको कोरोना लगत्तै छायांकन शुरु भएपनि प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको जानकारी निर्देशक लामिछानेले दिएका छन् ।
निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी रहेको थियो । आफ्नो छायाँकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्किसकेका छन् । चलचित्रको अन्तिम संपादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको छ ।
गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भुमिका रहेको ट्राभल लभस्टोरीको कथामा बनेको चलचित्रको अधिकांश छायांकन बेलायतमा गरिएको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गर्दैछन् ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सहनिर्मातामा अजित सिंह छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
