भुटानी शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ निर्माण हुने
चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने भएको छ । चलचित्रलाई नरेश कुमार केसीले निर्देशन गर्नेछन् । भुटानबाट सन् १९९० को दशकमा विस्थापित हुन बाध्य भुटानी शरणार्थीको कथामा निर्माण हुने चलचित्रलाई सामिप्यराज तिमिल्सनाले लेखेका छन् ।
भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई चलचित्रमा प्रस्तुत गरिने जनाइएको छ । भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द ‘ल्हो–छाम्पा’ हो ।
नक्षत्र लाइभ म्युजिकको ब्यानरमा निर्माण हुने चलचित्रलाई अर्जुन सुवेदीले निर्माण गर्नेछन् । तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिक मार्फत् नेपाली गीत संगीत र कलाका विधामा योगदान गरिरहेका छन् । निर्माता सुवेदीले आफूले भोगेको समयलाई आउँदो पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्यले चलचित्र निर्माण गर्न लागेको जनाए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
