अन्ततः ‘लप्पन छप्पन २’ फागुन २० मा प्रदर्शन हुने
अन्ततः चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गतेबाट प्रदर्शन हुने भएको छ । यसअघि फागुन १३ गतेबाट प्रदर्शन गर्ने भनिएको भएपनि नेपाल चलचित्र संघ र निर्माता संघको कार्यदलले उक्त मितिमा ‘म यस्तो गीत गाउँछु २’लाई प्रदर्शन अनुमति दिएपछि यो चलचित्र एक हप्ता पछि सरेको हो ।
मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रलाई निर्मल कुमार मिश्रले निर्माण गरेका हुन् । चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, आना ढकाल लगायतको अभिनय रहेको छ ।
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’मा पुरुषोत्तम प्रधानको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
