‘लक्का जवान’को ट्रेलर सार्वजनिक
चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरिएको ट्रेलरमा कमेडीलाई विशेष प्राथमिकता दिइएको छ । हाँस्य कलाकार शिवहरी पौडेलले पहिलो पटक निर्देशन गरेको चलचित्र कमेडी जनराकै हो ।
चलचित्र बैशाख २३ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय छ । चचित्रको कथा, पटकथा तथा संवाद निर्देशक पौडेल स्वयंको हो ।
अन्सुया श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा किरण केसी, शिवहरी पौडेल र दीलिप रायमाझी छन् । त्यस्तै, सहनिर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रका गीतहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
