शुभमुहूर्त सँगै पशुपतिबाट ‘लज्जावती’को छायांकन शुरु
राज बहादुर सानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार घटस्थापनाको अवसर पारेर सिनेमाको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।
सिनेमाको शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन् । सिनेमाका कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि सिटामोल निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए । पशुपति आर्यघाटमा छायांकन गरिएको सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक साने बताए ।
आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन् । दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह-निर्माता रहेको सिनेमालाई दिव्यराज सुवेदीले खिच्नेछन् ।
काठमाडौं आसपासमा छायांकन गरिने सिनेमामा मुकुन, श्रीकृष्ठ, मेनुका र जानुकासहित माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमाको सम्पुर्ण प्रोस्ट प्रोडक्सनको काम सकिएपछि मात्रै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
