‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा
चलचित्र ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको निर्माण घोषणा गरिएको हो ।
टेलिचलचित्र ‘सक्किगोनि’ टिमले निर्माण गर्ने चलचित्रको घोषणा यसका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर गरिएको हो । कार्यक्रममा बरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई कदरपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । चलचित्रको मार्केटिङ ब्रान्डिङ पाटर्नरको रुपमा चलचित्रको घोषणा कार्यक्रममा नै एडी रिलिजसँग सम्झौता गरिएको हो । चलचित्रमा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले चलचित्रको लेखन तथा निर्देशन गर्नेछन् । चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।
सुदीप बरालको छायांकन रहने चलचित्रमा अर्जुन घिमिरे, सागर लम्साल, कमलमणी नेपाल, माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यो चलचित्रबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली चलचित्रमा कमव्याक गर्दैछन् । चलचित्रमा सक्किगोनि टिमबाट को को कलाकार रहने तथा अन्य कलाकारहरु को(को रहने भन्ने विस्तारै सार्वजनिक गरिने जानकारी चलचित्रको घोषणा कार्यक्रममा जानकारी दिइयो । यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर चलचित्र प्रदर्शन ल्याउने तयार लाज शरणम् टिमको छ ।
चलचित्रको घोषणा कार्यक्रममा लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिन समेत सेलिब्रेसन समेत गरिएको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
