चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक
चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । बिहिबार युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ । तर, त्यसमै केही ट्वीस्ट रहेको कलाकारको हाउबाउबाट देखिन्छ । त्यसपछि के भयो टिजरले कथालाई थप रहस्यमयी बनाएको छ ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म ‘सक्किगोनि’ टिमको छ । चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)’ कमलमणि नेपाल (खुपीका बाउ)लगायतका कलाकार छन् ।
चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
