‘लाज शरणम्’लाई देशभर करिब १५० शो
चलचित्र ‘लाज शरणम्’को पनि अग्रिम टिकट बुकिङ खुलेको छ । शिवरात्रीको अवसरमा बुधबारबाट प्रदर्शन हुने अन्य दुई चलचित्रहरु ‘फेरी रेशम फिलिली’ र ‘मायावी’ भन्दा यो चलचित्रलाई हलहरुले बढी शो दिएका छन् ।
हालसम्म चलचित्रले देशभर करिब १५० शो प्राप्त गरेको देखिएको छ । क्यूएफएक्स चेनमा ६५ शो पाएको चलचित्रले काठमाडौंका अन्य मल्टिप्लेक्स बिग मुभिज, एफक्यूब, बीएसआर लगायतका हलहरूमा पनि राम्रो शो पाएको छ भने काठमाडौं बाहिरका हलहरूमा पनि उल्लेखनीय शो छन् ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको यो चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) मुख्य भूमिकामा छन् भने कुमार कट्टेल निर्देशक हुन् । विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, प्रियाना आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


