‘मायाका रंगहरु’मा कुन्दन अनुबन्धित

चलचित्र ‘मायाका रंगहरु’मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । भोजपुरी चलचित्र उद्योगमा चर्चित कुन्दनले सोनी टिभिबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान सहित बलिउड फिल्म श्रीदेवी बङ्ग्लो र मिशन चाइनामामा अभिनेताको रुपमा काम गरिसकेका छन् ।
केवल तामाङको निर्माण तथा डेब्यु निर्देशन रहने चलचित्रमा यसअघि अभिनेता पल शाह अनुबन्धित भइसकेका छन् । यो इन्डो नेपाली चलचित्रको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ ।
प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भारतको सिक्किम र दार्जिलिङ र नेपालको इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको चलचित्रमा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।
चलचित्रका सहनिर्माता जेनिश न्यौपाने हुन् । चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi