चलचित्र 'कुमारी'को गीत 'कहाँ छौ' सार्वजनिक
दुई दिन अघि काठमाडौंको टुँडिखेलमा नेपाली चलचित्र 'कुमारी' घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत 'कहाँ छौ'लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ । चलचित्र घोषणाको लागि नै उक्त गीतलाई 'केहर एन्ड द लुङ्गा' ब्यान्डले प्रत्यक्ष प्रस्तुत गरेको थियो ।
गीतमा यही चलचित्रबाट पार्श्व गायनमा डेब्यु गरेका गायक केहर सिंह लिम्बुको स्वर रहेको छ । यसमा उनको ब्यान्ड सदस्यहरूको शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा चलचित्रको घोषणा, पोस्टर अनावरण र कलाकार परिचयसमेत समावेश गरिएको छ ।
दिनेश राउतले 'कुमारी'को निर्देशन गर्दैछन् । मङ्गलवारबाट छायाङ्कन सुरु हुने चलचित्र प्रेमकथामा आधारित छ, जसमा अबिशेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकामा अभिनय गर्नेछन् । दुवै कलाकारले यही चलचित्रबाट डेब्यु गरेका हुन् । चलचित्रमा अबिशेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकारको अभिनय रहनेछ ।
‘कुमारी’को निर्माता महेन्द्र अधिकारी, लेखक विकास सुवेदी, र छायाङ्कन निर्देशक सुसन प्रजापति रहेका छन् । चलचित्रमा चार वटा गीत समावेश हुनेछन् । अन्य गीतमा गीतमा केहर सिंह लिम्बुको ब्यान्ड 'केहर एन्ड द लुङ्गा'सँगै प्रशान्त सिवाकोटीले सङ्गीत गर्नेछन् भने शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
