पाटनबाट शुरु भयो चलचित्र ‘कुमारी’को छायाङ्कन
चलचित्र ‘कुमारी’को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै छायाँकन थालिएको हो ।
दिनेश राउतको निर्देशन रहने ‘कुमारी’को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो । निर्माण टिमले ३५ दिनको छायाँकन तालिका तय गरेको छ । अबिषेक खड्का र आकृति राजभन्डारीको मुख्य भूमिका रहने चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतको पनि अभिनय रहने छ ।
बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण हुने चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहनेछ । विकास सुवेदीको लेखन रहेको चलचित्रको गत शुक्रबार औपचारिक घोषणा गरिएको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
