‘कुमारी’ बाट चलचित्रमा डेब्यु गर्दै अबिशेक र आकृति
चलचित्र ‘कुमारी’ निर्माणको घोषणा गरिएको छ । शुक्रबार साँझ काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
दिनेश राउतको निर्देशन रहने चलचित्रमा अबिशेक खड्का र आकृति राजभन्डारीको मुख्य भूमिका रहने छ । ‘कुमारी’ दुबै कलाकारका लागि डेब्यु चलचित्र हुनेछ ।
विकास सुवेदीको लेखन रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्नेछन् । चलचित्रमा अबिशेक र आकृतिका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको अभिनय रहनेछ ।
कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले सांगीतिक प्रस्तुति दिएको थियो । चलचित्रमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संगीत रहने छ । गीतका सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेको गीत लेखन रहनेछ ।
चलचित्रको छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ । सुसन प्रजापतिको छायाङ्कन रहने चलचित्रका कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा र मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
