साउन ३१ मा चितवनमा ‘कृष्ण लीला’ को फ्रि कन्सर्ट
कृष्णजन्माष्टमीको अबसर पारेर भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । प्रदर्शन मिति नजिकीदै जादा प्रचारप्रसारमा ब्यापकता दिइरहेको ‘कृष्ण लीला’ को कलाकारसहितको टिमले साउन ३१ अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि कन्सर्ट गर्न लागेको जानकारी निर्देशक दीपक ओलीले दिएका छन् ।
ओएसीस एजुकेशन (अष्ट्रेलीयन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा ‘कृष्ण लीला’ का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रबिन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर..’ का गायक रबि ओड र गायिका सुनीता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कट्टेल, कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतको टोलीले चितवनवासीलाई झुमाउने छ ।
द पोजेटिभ इभेन्ट्सले ब्यबस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा, अकीवा वाइन, सिजी ल्याण्डमार्क, फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन, लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिटलगायत छन् । कन्सर्टमा हजारौं दर्शक सहभागी हुने प्रक्षेपण गरिएको छ ।
आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा पुष्प, श्रद्धा, बुद्धि, रबिन्द्रका साथमा हिउँवाला गौतम, नवीन रेग्मीलगायत कलाकारको पनि अभिनय रहेको छ । शिब ढकालले खिचेको चलचित्रका ‘त्यो कथामा’ र ‘ए मेरो हजुर’ गीत अहिले निकै चर्चित छन् । रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
