‘कृष्ण लीला’ टिमले झुमायो चितवनबासीलाई
कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट गरेको छ । सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजीत कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’ का शीर्ष अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, निर्देशक दीपक ओली, गायक रबि ओड, गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द चितवन पुगेका थिए । कन्सर्टमा पुष्प र श्रद्धालाई भीडबाट जोगाउन सेक्युरिटीलाई हम्मे हम्मे परेको थियो । हजारौं दर्शकले पुष्प, श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए ।
ओएसीस एजुकेशनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरुलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए । त्यसैगरी बुद्धि तामाङ र रबिन्द्र झाले दर्शकहरुलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए । गायक रबि र गायिका सुनीताले ‘अटल बाच गरें’ गाउदा दर्शकहरु निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए । चितवनबासी दर्शक श्रोताबाट पाएको माया, सम्मान र हौसलाले आफूहरुलाई निकै खुशी लागेको अभिनेता पुष्पले बताए । उनले आफू जहिल्यै चितवन आउदा पनि औधी माया पाइरहेको स्मरण गरे । निर्देशक दीपकले दर्शकलाई ‘कृष्ण लीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले प्रदर्शनको हिसावले यो नै आफ्नो पहिलो चलचित्र भएकाले भरपुर माया र साथको अपेक्षा राखेको बताइन् । साँझ पाँच बजे सुरु भएको कन्सर्टमा ‘कृष्ण लीला’ का कलाकार तथा निर्देशकसँग फोटो र सेल्फी खिच्ने काम अबेर रातिसम्मै चलेको थियो ।
आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । लक्ष्मण सुवेदी लिखित चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, श्री श्रेष्ठको एक्सन र रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी छ । प्रकाशराज कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रका सह निर्माता पिताम्बर आचार्य र रोजन श्रेष्ठ हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
