‘कृष्णलीला’ को अष्ट्रेलिया राइट बिक्री
चलचित्र ‘कृष्णलीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जादा चलचित्रको राइट अष्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्णलीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो ।
दीपक ओली निर्देशित चलचित्र फस्र्टलुक पोस्टर सार्वजनिकसँगै चर्चामा रहदै आएको छ । चलचित्रका दुई गीत ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘ए मेरो हजुर, अटल वाचा गरें’ रुचाइएका गीत हुन् ।
चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठले अष्ट्रेलिया राइट महंगो रकममा बिक्री गरिएको जानकारी दिए । उनले फिल्मको अन्य देशमा पनि धमाधम बिक्री भइरहेको बताए ।
कृष्णजन्माष्टमीको दिन अर्थात् भदौ ३ गते प्रदर्शनमा आउने चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँको अभिनय छ ।
आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर रमेश तामाङ हुन् ।
लक्ष्मण सुवेदी लिखित चलचित्र शिब ढकालले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
