चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सर्वाजनिक

लेन्सनेपाल २०७७ चैत्र ६
चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सर्वाजनिक

चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सर्वाजनिक गरिएको छ । चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर शुक्रबार रिलिज गरिएको हो ।

दीपक ओली निर्देशित चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा,नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय रहेको छ । 

सार्वजनिक ट्रेलरमा अभिनेता पुष्प खड्काको भिन्न लुक्समा देखिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमको छ ।

चलचित्रमा लक्ष्मण सुवेदीको लेखन, शिब ढकाल र बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने प्रकाश कार्की र केवल तामाङ निर्माता हुन् ।