‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर’
चलचित्र ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर’ बोलको नयाँ गीत शुक्रबार सार्वजनीक गरिएको छ । दीपक वली निर्देशीत चलचित्रको गीतमा रवि ओड र सुनीता कार्कीको स्वर, डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ । उत्सव दाहालको छायांकन र माइकल चन्दको कोरियोग्राफी रहेको गीत राजधानीको बिश्वज्योति हलमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो ।
आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् । गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको हो । कार्यक्रममा अभिनेता पुष्पले ‘कृष्ण–लीला’ मा आफूले अत्यन्तै मिहीनेत गरेको स्मरण गर्दै ‘ए मेरो हजुर’ पनि दर्शकले अधिक मन पराउने बिश्वास ब्यक्त गरे । ‘फिल्म तथा गीतका लागि मिहीनेत गर्न कत्ति पनि कन्जुस्याइ गरेका छैनौ’, उनले भने, ‘हाइ अल्टिच्युडमा समेत हामीले ज्यानको पर्वाह नगरि काम गर्यौ । अहिले पर्दामा हेर्दा त्यतिबेला गरेको दुःख सबै बिर्सीएको छु ।’ उनले चलचित्रमा आफू कृष्णको शीर्ष भूमिकामा रहेको खुलाए ।
त्यसैगरी, यो नै आफ्नो प्रदर्शन हुन लागेको डेब्यु चलचित्र भएकाले आफू निकै उत्साहीत रहेको अभिनेत्री श्रद्धाले बताइन् । उनले ‘कृष्ण–लीला’ को अघिल्ला गीतले दर्शकको मन जितिसकेकाले यो गीतले पनि माया पाउने बिश्वास ब्यक्त गरिन् । उनले आफू अभिनयमै करिअर बनाउने योजनाका साथ आएकाले ‘कृष्ण–लीला’ हेरेर आफ्नो कामको प्रतिक्रिया दिनुहुन सबैमा अनुरोध गरिन् ।
कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक नरेश पौड्याल, निर्देशक तथा संचारकर्मी दिनेश डिसी, चलचित्र बितरक तथा निर्माता गोपालकाजी कायस्थ तथा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले ‘ए मेरो हजुर’ निकै सुन्दर लागेको प्रतिक्रिया दिदै ‘कृष्ण–लीला’ लाई सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनीहरुले ‘कृष्ण–लीला’ दर्शकले खोजीरहेको चलचित्रमा पर्ने बिश्वास ब्यक्त गरे ।
प्रस्तुतकर्ता रोहित कट्टेलले कोरोना कालमा निकै दुःखका साथ ‘कृष्ण–लीला’ निर्माण गरेको स्मरण गर्दै आफूहरु अब चलचित्र निर्माणमा निरन्तर लाग्ने बताए । ‘हामी फिल्म बितरणका साथै निर्माणमा पनि लागीसकेका छौ । ‘कृष्ण–लीला’ हाम्रो पहिलो प्रयास हो,’ उनले भने,‘मनोरञ्जक फिल्म बनाउन कुनै कसर बाँकी राखेका छैनौ । त्यसकारण दर्शकको साथ र हौसला पाउनेमा बिश्वस्त छु ।’ चलचित्रका निर्माता केवल तामाङ र प्रकाशराज कार्कीले पनि ‘कृष्ण–लीला’ ले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे ।
कोरोयोग्राफर माइकलले ‘ए मेरो हजुर’ निकै सुन्दर बनेकाले दर्शकको मनमा बस्ने ठोकुवा गरे भने संगीतकार बाबुल,गायक रबि र गायिका सुनीताले त प्रत्यक्ष गीत गाएरै सुनाए । उनीहरुले गीत गाउदा माहौल झुमेको थियो । संगीतकार बाबुलले गीतझै भिडियो पनि सुन्दर बनेकोमा खुशी ब्यक्त गरे । गायक रबि र गायिका सुनीताले पाश्र्व गायनमा आफूहरुलाई यो गीतले निकै हौसला प्रदान गरेको बताए ।
निर्देशक वलीले आफूले मनोरञ्जनक चलचित्र निर्माण गरेको बताए । उनले ‘कृष्ण लीला’ को यसअघिको ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘डिएर बन्न मन छ मलाई’ श्रोता दर्शकले अत्याधिक मन पराएकोमा धन्यवाद ब्यक्त गर्दै चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरे । भदौ ३ गते कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने चलचित्रमा पुष्प, श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । पूर्वी नेपालको इलाम, पाँचथर तथा झापाका रमणीय स्थानमा छायांकन गरिएको चलचित्र शिब ढकालले खिचेका हुन् भने सम्पादन अर्जुन जिसीले गरेका हुन् । लक्ष्मण सुवेदीको लेखन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी रहेको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
रंगपत्रकार, निर्देशक,निर्माता तथा स्क्रिप्ट राइटर लक्ष्मण सुवेदीले संचालन गरेको कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालगायतका थुप्रै संचारकर्मी, हल संचालकहरु गोपाल कायस्थ, मदनमान बज्राचार्य, छिरिङ लामा, निर्देशक प्रदिप श्रेष्ठ र नवल नेपाललगायतका कलाकर्मी उपस्थित थिए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
