‘मोदीबेनी’ सफलताको कामना गर्दै कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर
श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन् । महायज्ञमा कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ, पोस्टर डिजाइनर रोयल भीमसेन, मिडिया विभाग प्रमुख जीवन पराजुली लगायतको टिम पुगेका थिए ।
आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थल पुर्याएको थियो । सो अवसरमा अभिनेत्री सिवाकोटीले भक्ति भावले जीवन सुन्दर हुने बताउँदै चलचित्र रिलिजको सम्मुखमा आशीर्वाद लिनको लागि महायज्ञमा सहभागी भएको बताइन् । उनले सो महायज्ञकी कथा वाचिका राधिका दासको जीवन सङ्घर्ष तथा जीवन दर्शनको विचारहरूबाट आफू निकै प्रभावित रहेको जनाइन् । उनले महायज्ञलाई सफल बनाउन सबैले पवित्र मन र उद्देश्यबाट प्रेरित रहेको जिकिर गरिन् ।
कलाकार कमलमणि नेपालले महायज्ञमा उपस्थितलाई सम्बोधन गर्दै आफूले अभिनय गरेको चलचित्रलाई आशीर्वाद लिन आएको बताए । सो अवसरमा नेपालले एक भजन गाउँदै उपस्थितलाई भक्ति भावलाई झुमाएका थिए । महायज्ञमा सहभागी अभिनेता अमर प्रताप श्रेष्ठले आफूले पहिलो पटक अभिनय गरेको चलचित्रलाई सफल बनाउन आफूले प्रार्थना गरेको प्रतिक्रिया दिए ।
शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
