नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो – कोमल वली गायिका तथा एमाले नेतृ
एमाले नेतृ समेत रहेकी गायिका कोमल वलीले जेनजी आन्दोलनको आवरणमा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको जनाएकी छिन । जेनजी आन्दोलनका क्रममा वलीले चलाएको होटलमा आगजनी भएको थियो । दाङस्थित होटलमा आगजनी भएपछि उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएकी हुन् ।
उनले जेनजीको आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गरेकी छन् । उनले आन्दोलनमा निर्दोष नानीबाबुले अनाहकमा ज्यान गुमाउँदा आफ्नो छाती चिरिएको र त्यो पीडा बोकेर बाँचिरहेको स्पष्ट पारेकी छन् ।
‘सेवा मूलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, सबैलाई सँगसँगै समृद्धिको बाटोमा अघि बढाउने सपना थियो मेरो कोमल होटल खोल्दा । म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आम जनताको नजरमा परेका रहेछौँ’, उनले अगाडि भनेकी छन् ‘यो होटल मेरो मात्र नभई गाउँको रगत–पसिनासँग जोडिएको थियो । बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाइयो ।’
उनले जेनजीलाई प्रश्न गरेकी छन्, ‘गाउँकै ४० युवालाई रोजगारी दिएको होटल जलाएर के गर्यौ ? ४० जनाको रोजगारी खोस्नु नै जेनजी क्रान्ति हो ?’ उनले सामाजिक सञ्जालमा भनेकि छन्, ‘जेन-जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ? के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेनजीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिईरहेका इसर ट्रक र टाटा योद्धा गाडी जलाउँदा अलिकति हात काँपेनन् ।’
पढ्नुहोस् कोमल वलीले सामाजिक सञ्जाल फेसबुकमा दिएको प्रतिक्रिया
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
