चलचित्र ‘कोइला’को गीत सार्वजनिक
चलचित्र ‘कोइला’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘किन किन मन’ बोलको गीत सार्वजनिक गरिएको हो । रेखा पौडेलको संगीत रहेको गीतमा सन्देश ढुंगानाको शब्द तथा आनन्द कार्की र मनिषा पोखरेलको स्वर रहेको छ ।
चलचित्रमा बिनोद सापकोटाको छायाँकन र शंकर बिसीको नृत्य निर्देशन रहेको छ । गजेन्द्र रञ्जितको निर्देशन रहेको चलचित्र एक्सन लभस्टोरी जनराको हो । चलचित्रमा प्रज्वल गिरी, सोनिया गिरी, ध्रुब कोईराला, किरण थापा, बिशाल पहारी, राम चन्द्र अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।
मंसिर ७ गते बाट प्रर्दशनमा आउने चलचित्रलाई आरोही फिल्मस्को ब्यानरमा बिजे शर्मा र प्रत्युसा गिरीले निर्माण गरेका हुन । चलचित्रका कार्यकारी निर्माता श्रीकृष्ण गिरी र सह निर्माता तमन्न शर्मा र अराज शर्मा हुन ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
