कृष्ण सिंहको ‘तिमी को हौं’ सार्वजनिक
गायक कृष्ण सिंहको ‘तिमी को हौं’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
बेलायतका बिभिन्न रमणीय स्थानमा छायाँकन गरिएको भिडियोमा सब्रिना श्रेष्ठ र रोशन बस्नेत फिचर छन् । युके निवासी युवा निर्देशक प्रभु गुरुङले निर्देशन गरेको भिडियोमा युवकको युवतीप्रतिको प्रेमाभाव प्रस्तुत गरिएको छ ।
ध्रुव केसीको शब्द र सुनील राईको संगीत रहेको गीतको कोरियोग्राफी पनि निर्देशक प्रभु स्वयम्ले गरेका छन् । भिडियोमा सुमन श्रेष्ठको छायांकन र सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
