निर्देशक किशोर रानाको निधन निधन, यस्तो छ स्वर्गिय रानाको जीवनी

निर्देशक किशोर रानाको निधन भएको छ । ५४ वर्षिय रानाको उपचारको क्रममा बुधबार निधन भएको हो । लामो समयदेखि मिर्गौला रोगबाट पीडित राना ललितपुरको निदान अस्पतालमा उपचाररत् थिए । विगत ६ वर्षदेखि रानाले नियमित डाइलासिस गर्दै आएका थिए । भारतमा पुगेर पनि उनले उपचार गराएका थिए ।
सफल अनि कुशल चलचित्र निर्देशक रानाले डेढ दर्जन नेपाली चलचित्रको निर्देशन गरेका छन् । राना निर्देशनका साथै लेखन बिधामा पनि उत्तिकै संलग्न थिए । उनले केही बलिउड चलचित्रमा पनि काम गरिसकेका छन् ।
स्वर्गिय रानालाई नेपाल सरकार, चलचित्र विकास बोर्डले २०७४ सालको दिर्घ साधना सम्मान अर्पण गरेको थियो भने सिने सर्कल अवार्ड २०७५ मा पनि लाइफ टाइम अचिभमेण्ट अवार्ड अर्पण गरिएको थियो ।
स्वर्गिय किशोर रानाको जीवनीका लागि यहाँ क्लिक गर्नुहोस्
स्वर्गिय किशोर रानाको चलचित्र यात्रा जान्नका लागि यहाँ क्लिक गर्नुहोस्
स्वर्गिय किशोर राना निर्देशित चलचित्रहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal