RemembringKishor Rana   

Biography

भारतीय फिल्म उद्योगमा सहायक निर्देशक समेत गरी २२ वर्ष काम गरेका किशोर राना एकपछि अर्को हिट नेपाली फिल्म दिने निर्देशक मानिन्छन्। राँको बाट नेपाली फिल्ममा आएका किशोरले सीमारेखा, कर्जा, करोडपति, बन्धकी, मिस्टर मंगले, घामछायाँ, उपकार, सन्तानको माया लगायत १५ नेपाली र कबहोई मिलनवा हमार सहित ६ वटा भोजपुरी फिल्म निर्देशन गरेका छन् ।

Summary of this Profile

Name Kishor Rana
Expired Date Aug 21, 2019

नेपालको जोमसोममा छायाङ्कन गरिएको मल्टीस्टार हिन्दी फिल्म खुदा गवाह को लोकेशन व्यवस्थापक रहेका किशोर त्यसअघि नै अन्धा कानून, जोन जानी जनार्दन, मुझे इन्साफ चाहिए, घरघरकी कहानी लगायत जमानाका दर्जनौं हिन्दी फिल्मका मुख्य सहायक निर्देशक बने ।

बीएस थापाले निर्देशन गरेको नेपाली फिल्म कान्छीमा पनि उनी मुख्य सहायक निर्देशक नै थिए । २० वर्षको उमेरमा दार्जीलिङको डुवर्सबाट भागेर मुम्बई पुगेका किशोरलाई सडकमा भेटिएका गोपाल भुटानीले सामान्य कामदारका रुपमा बलिउड प्रवेश गराएका थिए ।

आफू महत्वाकांक्षी नभएकै कारण बलिउड छाडेर नेपाली फिल्मतिर लागेको किशोर बताउँछन् । “अर्को कुरा, उता सहायक भएर काम गर्नुपर्ने, यता आफ्नै भाषामा आफैं फूल निर्देशक हुन पाइने !”

बीचमा एक वर्ष फेरि मुम्बई फर्किएर काम गरेका किशोर अरु जस्तो नढाँटी भन्छन्, “कम बजेटको भएर पनि सुपरहिट भएको हिन्दी फिल्म घरद्वार को ९५ प्रतिशत निर्देशन चाहिं मैले नै गरेको थिएँ ।” नेपाली दर्शकलाई राम्रो फिल्म दिएका किशोर निर्माताहरूसँग भने खुशी छैनन्। उनी आफूले बनाएका फिल्ममध्ये सीमारेखा र कबहोई मिलनवा हमार मा मात्र स्वतन्त्र ढंगले काम गर्न पाएको बताउँछन् ।

अरु सबैमा निर्माताहरूले किचकिच गरेको उनले खुलाए । किशोरको भनाइमा, नेपालमा १० प्रतिशत फिल्म मात्र निर्देशकको सोचबाट बन्छ । “बाँकी सबै निर्माताको चाहनामा बन्छ”, किशोर भन्छन्, “उनीहरू यति फाइट, उति गीत, फलाना हिन्दी फिल्म जस्तो भन्दै त्यस्तै कथाको कपी बोकेर आउँछन् ।” २०६२ का सर्वश्रेष्ठ नेपाली फिल्म निर्देशक किशोर अहिले सीमारेखा जस्तो अर्को ऐतिहासिक कालखण्डको सिनेमा बनाउने धोको पालेर बसेका छन् ।

साभार : साउन ६, २०७० à¤•à¥‹ à¤¹à¤¿à¤®à¤¾à¤²à¤¬à¤¾à¤Ÿ