‘महादशा’बाट निर्देशनमा डेब्यु गर्दै किरण
चलचित्र ‘महादशा’ निर्माण हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रमका बिच चलचित्रको प्रि–टिजर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
यसै चलचित्रबाट निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्ने भएका छन् । प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईको लगानी रहने छ । चलचित्रका कार्यकारी निर्माता सुरज आचार्य हुन् ।
मनिष गौतमको लेखन रहेको चलचित्रले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
