‘गड्ज बफ्यालो’लाई पर्वतीय फिल्म अवार्ड
अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सम्पन्न भएको छ । १९ औं संस्करणका बिभिन्न बिधाका बिजेतालाई अवार्ड प्रदान गर्दै फेष्टिवल सम्पन्न भएको हो ।
फेष्टिवलमा चर्चित छायांकार विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो ‘गड्ज बफ्यालो’ अर्थात भगवानको भैंसीले सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड जितेको छ । अवार्डसँगै उक्त फिल्मले १ हजार अमेरिकी डलर पुरस्कार पनि पाएको छ । यही फिल्मले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधा समेत जित्दै ७५ हजार रुपैयाँ हासिल गर्यो ।
यस्तै नेपाल पानोरमा खण्डमा किरण श्रेष्ठ निर्देशित फिल्म ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान फिल्म बन्यो । जितसहित यो फिल्मले १ लाख रुपैयाँ नगद जित्यो । नेपाल पानोरमा खण्डमै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो फिल्म ‘द बिग हेडेड ब्वाइ, स्यामन्स एन्ड सामुरिज’ले स्पेसल मेन्सन अवार्ड जित्यो ।
अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो फिल्म ‘एभरेस्ट : द हार्ड वे’ सर्वोत्कृष्ट बन्दै दुईलाख रुपैयाँ पुरस्कार जित्यो । यस्तै कोलम्बियाली निर्देशक भिभियाना गोमेज निर्देशित ९२ मिनेट लामो फिल्म ‘बिट्विन फायर एन्ड वाटर’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेको छ । फिल्मले डेढलाख रुपैयाँ जित्यो ।
१०५ मिनेट लामो अमेरिकी फिल्म ‘आफ्टर अन्टार्कटिका’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो बन्दै १ लाख रुपैयाँ जित्यो ।
अन्तर्राष्ट्रिय विधातर्फ अरमेनियाली निर्देशक तामारा स्टेफनयान निर्देशित ८३ मिनेट लामो ‘भिलेज अफ वुमन’ले स्पेसल मेन्सन अवार्ड जित्यो ।
राजधानीमा आयोजित फेस्टिभलमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा सहभागी थिए । यसपटक भौतिक उपस्थिती र अनलाइन माध्यमबाट हाइव्रिड शैलीमा किम्फ आयोजना गरिएको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
