‘किड्स क्यापिटल नेपाल–२०२३’ को उपाधि दिप्शन, इश्लिया, सुहान र मीमिकलाई
‘किड्स क्यापिटल नेपाल–२०२३’ को उपाधि जुनियरतर्फ दिप्शन चिलुवाल तथा इश्लिया गुरुङ र सिनियरतर्फ सुहान पुन तथा मीमिक राना मगरले जितेका छन् । धुम्बाराहीस्थित दीया ब्याङ्क्वेटमा शुक्रवार सम्पन्न प्रतियोगितामा स्टेफेन आले तथा सुब्रि बस्नेले लिटिल प्रिन्स एण्ड लिटिल प्रिन्सेसको उपाधि जिते ।
यस्तै प्रतियोगितामा केया बि श्रेष्ठले फस्ट रनर्सअप, छिरिङ डोल्मा शेर्पाले सेकेण्ड रनर्स अप, इभान्जेलिना आलेले थर्ड रनर्सअप, इम्प्रेसा तामाङले फोर्थ रनर्स अप तथा अग्रीम अधिकारीले फिप्थ रनर्स अपको उपाधि जिते ।
प्रतियोगितामा सुहास पुन तथा मिप्साङ लामाले किड्स आइकन, अबिन अधिकारी तथा कृषा लामिछानेले लिटिल सटा, दिप्शन चिलुवाल तथा कृषा लामिछनेले मोस्ट पपुलर तथा दिप्शन चिलुवाल तथा छिरिङ डोल्मा शेर्पाले आईएई पे पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन् ।
कबिराज निरौला, बिना श्रेष्ठ, सबित बज्राचार्य, गोपाल ढकाल, प्रनिमा दाहाल, शिशिर खाति, कृष्ण श्रेष्ठ, विपिन खड्का तथा मिलेनियम तण्डकार शाह प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल म्यानेज्मेन्ट तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अघिल्लो वर्षसम्म किड्स क्यापिटल शीर्षक रहेको यो प्रतियोगिता यसपटक किड्स क्यापिटल नेपालको रुपमा आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
यसपटकको प्रतियोगिताको मुख्य प्रायोजन आईएमईपेले गरेको छ । प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ५ वर्षदेखि १२ वर्ष उमेर समुहमा २० जना बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
