‘खुस्मा’को गीतमा अभिनेता मगरसँगै नाचे पूर्व उपराष्ट्रपति पुन
संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् । यही शिलशिलामा शनिबार अभिनेता धिरज मगर नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुगेका थिए ।
यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन उपस्थित थिए । कार्यक्रममा बोल्दै अभिनेता मगरले जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो चलचित्र हेर्न निम्तो दिए ।
पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले अभिनेता मगरलाई कार्यक्रममा मगर साँस्कृतिक संघको लोगो अंकित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए । रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई चलचित्रबाट श्विलाई चिनाउन लागि परेको भन्दै आफुले समय मिलाएर ‘खुस्मा’ हेर्ने बाचा समेत गरेका थिए । कार्यक्रमममा पूर्व उपराष्ट्रपति पुनले अभिनेता मगरसँगै ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए ।
चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
