‘खुस्मा’को गीत ‘खुशीका पल बटुलेर’ सार्वजनिक
चलचित्र ‘खुस्मा’को गीत ‘खुशीका पल बटुलेर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगीको संगीत, योगी र विज्ञानी पराजुलीको युगल स्वर र राम अविरल विष्टको शब्द रहेको छ ।
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्वय धिरज मगर र उपसना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ । सुरेन्द्र राईको कोरियोग्राफी रहेको गीतमा उनीहरुबीच फक्रिएको प्रेम देखाइएको छ ।
निर्देशक तथा लेखक अशोक थापामगरले चलचित्रमा यो गीतलाई कथावाचनको रुपमा समावेश गरिएको बताएका छन् । गीतमा पूर्वी रुकुमका सुन्दर दृश्यहरु कैद छन् ।
मगर समुदायको पृष्ठभूमिमा बनेको चलचित्रमा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजता राई, राज थापा काउचा, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापा मगर, सारा राई, विवेश मगर, दुईसाङ थिङ, श्वेता मिश्र, अरुण पुन मगरलगायतका कलाकारको अभिनय छ ।
द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित चलचित्रका निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन् भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । मोहन राई कार्यकारी निर्मातामा रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्कको संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
