चलचित्र ‘खुस्मा’लाई मिल्यो प्रिमियर शोमा तारिफ
असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने रहेको चलचित्र ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शो सम्पन्न भएको छ ।
सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको चलचित्र हेर्न प्रिमियर शोमा राजनिज्ञ, चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दा पनि चलचित्र हेर्न हल पुगेका थिए ।
चलचित्र हेरेर हलबाट निस्कदै गर्दा सवैले चलचित्र उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका छन् । चलचित्र चलचित्र काम गर्ने हरेक कलाकारले उत्कृष्ट काम गरेको उपस्थित पाहुनाहरुको भनाई थियो । प्रिमियर शोमा चलचित्र हेरेका अधिकांशले चलचित्रको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए ।
कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले खुस्मा हेरिरहँदा केही ठाउँमा आफु निकै इमोस्नल समेत भएको बताइन् । उनले धिरजसँगै चलचित्रकी मुख्य अभिनेत्री उपासनाको अभिनयको पनि तारिफ गरिन् ।
प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले खुस्मा चलचित्र जस्तो नभई एउटा दस्तावेज जस्तो भएको बताए । ‘खुस्मा खासमा भन्दा दस्तावेज नै हो । निर्देशक अशोक जीले पहिलो पटक चलचित्र निर्देशक गर्नु भाको भन्ने कुरा विश्वास नै लागेको छैन् । किनभने चलचित्र हरेक एङगलबाट प्रस्टसँग प्रस्तुत गर्नुभाको छ । मैले आजसम्म २०÷२५ वटा चलचित्रको प्रिमियर शोमा आइसेक हरेक चलचित्रमा म राम्रो छ हेर्दिनुहोला मात्र भन्थे । यसमा के छ भने एकदमै दम छ । एक पटक तपाईले चलचित्र हेर्नु भएन भने तपाईले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न’, उनले भने ।
‘एक जना सामान्य मान्छेको जीवनमा राज्य पक्ष र विद्रोही पक्षबाट केकति असर पर्यो भन्ने कुरा स्पष्ट रुपमा देखाउनु भएको छ । चलचित्र हेरिरहँदा यो सिन पशचात यो सिन आउला भन्ने कल्पनासम्म गर्न सक्नुहुन्न । लाकुरीको रुख र गिद्ध उडेको लगायत विभिन्न दृश्यबाट चलचित्रको सरल सवैले देखे भोगेको कुरालाई चलचित्रमा प्रस्तुत गरिएको छ’, सांसद शाहीले भने ।
निर्देशक निश्चल बस्नेतले खुस्माबाट निर्देशक अशोक थापा मगरले जे चिज भन्न खोज्नु भएको थियो । त्यसलाई मज्जाले प्रस्तुत गर्नु भएको छ । उहाँ आफैले चलचित्र लेख्नु पनि भएको छ । सम्पादन पनि आफै गनु भएको छ त्यसैले पनि चलचित्र निर्देशक ज्युले आफूले चाहेको जस्तो बनाउन सक्नु भएको होला । कलाकारमा उपसनाको काम अत्यन्तै राम्रो छ । त्यससँगै धिरजले पनि अभिनयमा आफुलाई अब्बल साबित गरेका छन् । अन्य कलाकारहरुले पनि निकै राम्रो काम गरेकाले खुस्मा एकपटक सवैले हेर्नै पर्ने चलचित्र बनेको छ । यस्तै अभिनेता सलिनमान बनियाालाई पनि चलचित्र निकै मन परेको बताए । चलचित्र भोलिबाट प्रदर्शनमा आउँदैछ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री चलचित्र लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो । डकुमेन्ट्री चलचित्रबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय चलचित्र महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह(निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ । चलचित्रको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा चलचित्रको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन् । त्यसैले चलचित्रप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।
चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
