‘खुस्मा’को ब्यापार उत्साहजनक
प्रदर्शनरते चलचित्र ‘खुस्मा’ले उत्साहजनक व्यापार गरेको छ । बिहीबार बाट प्रदर्शन भएको चलचित्रले सोही दिनबाट हाउसफूल सुरुवात गरेको थियो ।
शुक्रबार चलचित्रको व्यापार बिहीबारको तुलनामा केही कमजोर देखिए पनि शनिबार पुनः हलमा दर्शकको चाप देखिएको छ । शनिबार बिहानी शोमा ५० प्रतिशत आसपासमा अकुपेन्सी देखिए पनि दिउँसो १२ बजेपछिका शोमा ८० देखि शतप्रतिसतसम्म अकुपेन्सी देखिएको थियो ।
वितरक गोविन्द शाहीले चलचित्रले काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा बम्पर व्यापार गरेको बताए । धेरै चलचित्रको मोफसलको व्यापार काठमाडौं उपत्यकाको भन्दा कमजोर देखिन्थो । तर, ‘खुस्मा’को हकमा भने ठिक विपरित देखिएको वितरक शाहीको भनाई छ ।
चलचित्रले मोफलका पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, बिराटनगर, धरान, इटहरी, दमक र विर्तामोड लगायतका शहरमा विहानी हाउसफूल व्यापार गरेको थियो । काठमाडौं उपत्यकामा भने दिउँसो १२ बजेपछिका शोमा दर्शकको चाप देखिएको भनाई वितरक शाही थियो । काठमाडौं उपत्यकाका हलमा दर्शकको चाप देखिएपछि चलचित्रका मुख्य कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।
दर्शकहरूले आफ्नो कामलाई निकै रुचाएकोमा अभिनेता धिरज मगर खुसी देखिए । ‘काठमाडौंसहित सबैतिर तेस्रो दिन पनि हाम्रो चलचित्र हाउसफुल हुँदा खुसी लागेको छ । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने । यस्तै अभिनेत्री उपासना सिंह ठकुरीले पनि दर्शकबाट सोचेकोभन्दा राम्रो प्रतिक्रिया मिलिरहेको बताइन् । ‘हामीले सोचेकै थिएनौं कि यति राम्रो प्रतिक्रिया मिल्छ होला भनेर । अधिकांश दर्शकले त मलाई भेटेर हामीलाई धेरै रुवाउनुभयो भनेर भन्नुभएको छ,’ उनले खुसी हुँदै भनिन् ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
