चलचित्र ‘खुस्मा’ निर्माणको घोषणा
चलचित्र ‘खुस्मा’ निर्माणको औपचारिक घोषणा गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।
चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन् । यो उनीहरुको पहिलो सहकार्य हो । चलचित्रलाई अशोक थापा मगरले निर्देशन गर्नेछन् । दुई वटा सुटिङ तालिकामा खिचिने चलचित्रका निर्माता बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन् ।
चलचित्र ‘खुस्मा’मा एस डी योगी, सुरेन्द्र राना तथा राम अविरलले संगीत दिनेछन् भने दिपक बज्राचार्यको छायाँकन रहनेछन् । चलचित्रमा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
