४० दिनमा सकियो ‘खुस्मा’को छायांकन

धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘खुस्मा’को छायांकन सकिएको छ । पहिलो चरणमा मनाङमा छायांकन गरिएको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो ।
निर्माण टिमले दिएको जानकारी अनुसार ४० दिनमा एक गीत बाहेकको छायांकन प्याकअप भएको हो । गीतको छायांकन केही समयपछि गरिने छ । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका छन् । विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन् निर्माता रहेको चलचित्रका सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । चलचित्र असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal