खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ सार्वजनिक
लेखक तथा कलाकार खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कलाकार तथा निर्देशक नीर शाह, अभिनेत्रीहरु ऋचा शर्मा, स्वस्तिमा खड्का, सुरक्षा पन्त, मलिका महत, निर्देशकहरु अशोक शर्मा, निश्चल बस्नेत, दीपेन्द्र खनाललगायतले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका हुन् । पुस्तकमा खगेन्द्रले चलचित्र निर्माण, लेखन र निर्देशनको अनुभवलाई उतारेका छन् ।
२०१० मा गुरुकुलमा नाटक ‘पानीफोटो’ मञ्चन भएको भएको थियो । माओवादी जनयुद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाआमाको कथामा आधारित यही नाटकमा खगेन्द्रले ‘पानीफोटो’ नाममै चलचित्र समेत बनाए । नाटक र गतवर्ष प्रदर्शन भएको चलचित्रमा खगेन्द्रकै लेखन, निर्देशन र अभिनय रहेको थियो । त्यही नाममा यतिबेला खगेन्द्रले पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक विमोचन कार्यक्रममा कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको चलचित्रप्रतिको प्रतिबद्धता सराहनीय रहेको भन्दै प्रशंसा गरे । पुस्तकचलचित्रको पाठ्यक्रममै राख्न योग्य रहेको भन्दै उनले भने, ‘चलचित्र पढ्ने विद्यार्थीलाई ग्य्राजुएसन गर्न चाहिने सम्पूर्ण विषयवस्तु यो पुस्तकभित्र छ ।’ चलचित्र निर्माण गर्न हिँडेकाहरुले पनि एकपटक ‘पानीफोटो’ पढ्नुपर्ने शाहको सुझाव छ ।
चलचित्र कसरी निर्माण हुन्छ भन्ने सन्दर्भमा रहेर आफूले पुस्तक लेखेको लेखक लामिछानेले जानकारी दिए । चलचित्र निर्माणको प्रक्रिया बुझ्न चाहनेका लागि पुस्तक विशेषतः लाभदायक हुनसक्ने उनको विश्वास छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
