केकीका लागि रिमा परिवारको, बेनिशा परको !
हालै अभिनेत्री केकी अधिकारीले विवाह गरिन । विवाहलाई उनले अत्यन्त गोप्य राख्ने कोसिस पनि गरिन । त्यसो त केकीले आफ्नो विवाहमा आफ्ना परिवारका सदस्य र नजिकका आफन्तलाई मात्र निम्ता दिएकी थिइन ।
यतिबेला केकीले किस्ता किस्तामा आफ्नो विवाहका तस्विरहरु सार्वजनिक गरिहेकी छिन । सार्वजनिक तस्विरले केकीको विवाहमा नायिका रिमा बिश्वकर्माको उपस्थिति पुष्टि गर्छ । तर, रिमा जत्तिकै नजिकको साथी भनिएकी बेनिशा हमाललाई भने उनले निमन्त्रणा दिइनन् ।
चलचित्र बृत्तमा नायिका केकी अधिकारी, रिमा बिश्वकर्मा र बेनिशा हमाल बिचको मित्रतालाई उदाहरणका रुपमा पनि चर्चा गरिन्थ्यो । एउटै चलचित्रबाट डेब्यु गरेका यि ३ अभिनेत्रीहरु अत्यन्त मिल्ने साथी मात्र नभएर पारिवारिक छन् भन्ने चर्चा नचलेको होइन । उनीहरुले मिडिया सामु आफुहरुलाई यसरी नै प्रस्तुत गर्दै आए । बिचको केही समय केकी र रिमासँग बेनिशाको सम्बन्ध चिसिएको चर्चा थियो । लगत्तै एउटै फ्रेममा बसेर अन्र्तवार्ता दिदै उनीहरुले त्यसलाई झुटो सावित गर्ने कोसिस गरे । बाहिरबाट हेर्नेहरुलाई उनीहरुको मित्रता अझै उस्तै छ भन्ने सन्देश दिए ।
तर, यतिबेला भने उनीहरुको मित्रता खोक्रो भएको प्रष्ट बुझिएको छ । अझै पनि केकी र रिमा मिल्ने साथी मात्र नभएर पारिवारिक छन् भन्ने प्रमाणित भएपनि बेनिशा केकीको फिल्मी दुनियाँको एक सहकर्मी मात्र भएको पुष्टि भएको छ । जब केकीको विवाहमा बोलाइएका पारिवारिक सदस्य र नजिकका आफन्तमा रिमा परिन तर, बेनिशा परिनन् । आखिर केकीले किन रिमालाई पारिवारिक सदस्य सोच्दा बेनिशालाई परको सोचि होलिन !
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
