एकपछि अर्को चलचित्र खेल्दै केदार घिमिरे, ‘जहाजैमा’मा अनुबन्धित
दीपक–दीपा समूहबाट स्वतन्त्र रुपमा काम गर्न अनुमति पाएपछि केदार घिमिरे ‘माग्ने बुढा’ एकपछि अर्को चलचित्रमा व्यस्त हुन थालेका छन् । कुनै समय दीपक–दीपा समूहका चलचित्र मात्र खेल्ने घिमिरेले पछिल्लो एक वर्षमा मात्र ३ चलचित्रको छायाँकन सकाएका छन् ।
अहिले सम्मकै सार्वाधिक पारिश्रमिक लिएर ‘माग्ने राजा’को शिर्ष भूमिकामा काम गरेका उनले ‘जेरी अन टप’ र ‘माइतीघर’को छायाँकन पनि सकाएका छन् । अन्य चलचित्रमा कति पारिश्रमिक लिए भन्ने नखुलाइए पनि ‘माग्ने राजा’मा उनले ६१ लाख पारिश्रमिक लिएको जनाइएको छ । जुन नेपाली चलचित्रको इतिहासमै सवै भन्दा महङ्गो पारिश्रमिक हो ।
यसैबीच, उनी अर्को चलचित्र ‘जहाजैमा’मा पनि अनुबन्धित भएका छन् । निर्माता उज्ज्वल गुरागाईँ र केदारबीच लिखित सम्झौता भएको हो । कृषा चौलागाईको निर्देशन रहने चलचित्रमा केदारको मुख्य भूमिका रहने जनाइएको छ । यो चलचित्रमा उनले कति पारिश्रमिक लिए भन्ने चाँही खुलाइएको छैन ।
भदौबाट छायाँकन थालिने जनाइएको चलचित्रको हाल प्रि–प्रोडक्सनको काम चलिरहेको छ । चलचित्रमा यसअघि जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेकी छन् ।
यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
