छायाङ्कन स्टुडियो निर्माणका लागि धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्डबीच जग्गा सम्झौता
धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्डबीच छायाँकन स्टुडियो निर्माणका लागि जग्गा प्राप्ती सम्बन्धमा सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बिच नगरपालिकाले स्टुडियो निर्माणका लागि बोर्डलाई १३०० रोपनी जग्गा उपलब्ध गराउने समझौता भएको हो । जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौतामा नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा, उपमेयर नीराजन जङ्गम, चलचित्र विकास बोर्ड सदस्य केवल पीडित, तथा चलचित्र कलाकार सङ्घका पूर्व अध्यक्ष रवीन्द्र खड्का लगायतको उपस्थिति थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले धुलिखेलमा निर्माण हुने स्टुडियोले नेपाली चलचित्र उद्योगमा नयाँ आयाम थप्ने बताए । 'यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधिको संयोजन हुनेछ,' उनले भने, 'यसले चलचित्र निर्माणलाई सहज बनाउनेछ ।'
नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि नगरपालिकाले हरतरहले साथ दिने बताए । 'यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा चिनाउनेछ,” उनले भने, “यसले स्थानीय रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण अवसर पनि प्रदान गर्नेछ ।'
बोर्डका अनुसार यो परियोजनाले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकहरूलाई समेत आकर्षित गर्ने लक्ष्य लिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
