Mansara

१२ वर्ष पनि कस्तुप र शर्मिलाको सहकार्य

दशैंको गीत सार्वजनिक

२०७५ भाद्र ३०
१२ वर्ष पनि कस्तुप र शर्मिलाको सहकार्य

१२ वर्ष अघिको हिट गीत अंगुर अमिलो...मा शर्मिला गुरुङसँग सहकार्य गरेका कस्तुप पन्तले १२ वर्ष पछि उनैसँग युगन गायन गरेका छन् ।

अंगुर अमिलोमा बिमलराज क्षेत्री, कस्तुप पन्त र शर्मिला गुरुङको सहकार्य देखिन्थ्यो भने यसपटक पन्त र गुरुङले दशैंको एक गीत सँगै गाएका हुन ।

हुन त दशै आउन १ महिना बाँकी नै छ । तर बजारमा दशैं गीतहरु भने आउन थालिसकेका छन् । खासगरि दशैका गीतमा तिहारको प्रसंग पनि जोडिने गरिन्छ । तर, आफ्नो गीतमा दशैको विषय मात्र भएकोले पनि केही छिटो बजारमा ल्याएको पन्तको भनाई छ ।

पर्वत स्थायी घर भएका पन्तले आफ्ना गीतमा प्रायः सोही स्थानका भाकाहरु समावेश गर्ने बताउँछन् । उनका अनुसार दशैंका जमरा बोलको यो गीतले विदेशीएका व्यक्तिको मात्र नभएर घरबाट टाडा भएका व्यक्तिहरुको कथा व्यथा बोलेको छ । देश भित्रै पनि कामको सिलसिलामा घरबाट टाढा भएका र विदा नमिलेर दशैंमा टिका जमरा ग्रहण गर्न घरपरिवार माझ पुग्न नसकेकाहरुको कथा नै आफुले समावेश गरेको पन्तको भनाई छ ।

आफ्नो गीतको बारेमा बोल्दै गर्दा पन्त यसका शव्दहरुले नै धेरै विषय स्पष्ट पार्ने बताएका छन् ।


आउँथे सानु चरि झैं उडेर 
साहुले राख्यो पखेटा चुडेर
यि शव्दहरुले जस्तै गीतले दशैमा घर जान चाहेका व्यक्तिहरु छुट्टी नपाउँदा कसरी बिवशतामा बस्न बाध्य छन् भन्ने कुरा बोल्ने उनको जिकिर छ ।

सारथी म्युजिकले बजारमा ल्याउको गीतमा पन्तकै शब्द र तय रहेको छ । पन्तले पहिलो पटक दशैं गीत बजारमा ल्याएका हुन ।