चलचित्र ‘कार्साङ’को छायांकन सुरु
यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । साउन १५ गते मंगलबार बौद्ध भिक्षुहरूबाट शेर्पा परम्परा अनुसार स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको हो ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शुरु भएको छायांकन एक महिना सम्म चल्नेछ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए ।
चलचित्रको मुख्य कलाकारमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै चलचित्र मार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन् । चलचित्रमा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।
अघि थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका निर्देशक शेर्पाको यो डेब्यू निर्देशन हो । चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रका निर्माता पुरुषोत्तम प्रधान हुन् । चलचित्रमा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सहनिर्माता रहेको चलचित्रमा आङछिरिङ शेर्पा कार्यकारी निर्माता र वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
