सुर्खेतमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
सुर्खेतमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । रेड चेरी इन्टरटेनमेन्टको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव शुक्रबार सुरु भएको हो । शनिबार सम्म चल्ने दुई दिने महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले महोत्सवको उद्घाटन गरेका हुन् ।
महोत्सवका निर्देशक चक्र बहादुर चन्दका अनुसार कर्णालीलाई चलचित्र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो । कार्यक्रममा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्व मन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का, तथा चलचित्र लेखक विकास सुवेदी विशेष अतिथि थिए ।
महोत्सवको अवसरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको चलचित्र ‘२६ करोड’को छायाङ्कन कर्णालीमै गर्न औपचारिक सम्झौता समेत भएको छ । सम्झौतामा कर्णाली प्रदेश सरकारले आर्थिक तथा भौतिक सहयोग गर्ने उल्लेख रहेको जनाइएको छ ।
‘घुमौं कर्णाली, हेरौं कर्णाली’ नारा दिइएको महोत्सवमा शुक्रबार नै ‘राजनीतिक सम्बाद – कर्णाली चलचित्र पर्यटन विकासमा किन पछाडी’ शिर्षकमा अन्र्तक्रिया समेत सम्पन्न भएको छ । अन्र्तक्रियामा कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेल, पूर्व मुख्यमन्त्री शाही, पूर्व संघियमन्त्री रामकुमारी झाँक्री, पूर्व राज्यमन्त्री कुन्ती शाही, चलचित्र विकास बोर्डका अध्यक्ष डिसी, कलाकार खड्कालगायतका वक्ताले आ–आफ्नो विचार राखेका थिए ।
महोत्सवको दोस्रो दिन शनिवार गुराँस गाउँपालिकामा ‘गुराँस चलचित्र संवाद’ आयोजना गरिनेछ । यस संवादमा कर्णाली प्रदेशमा चलचित्रको भविष्य, स्थानीय कथावस्तुको सम्भावना, र क्षेत्रीय चलचित्र विकासबारे छलफल गरिने जनाइएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणा, मुक्तिनाथ विकास बैङ्कका सिइओ प्रद्युम्न पोखरेल, कलाकार, चलचित्रकर्मी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो । महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रका लागि प्रमुख छायाङ्कन स्थलका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
