कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ ।
कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना गर्न लागिएको हो ।
सोमबार चलचित्र बिकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्राली र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरियो ।
महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताउनुभयो । प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उदेश्य हो । चलचित्रको माध्यमले पर्यटनलाई प्रवद्र्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेको चन्दले बताए ।
कार्यक्रममा उपस्थित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य बनाउन संसदमा आवाज उठाउने बताए ।
पत्रकार सम्मेलनमा पुर्व राज्यमन्त्री कुन्ती कुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्यकलाकार हिमेश पन्त, मध्येपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर महेन्द्र बहादुर मल्ल, निर्देशक रामशरण पाठक निर्मात्री रज्जु प्रधान लगायतको उपस्थिती रहेको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
