चलचित्र ‘कार्की साइँला’ निर्माणको घोषणा
भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।
बालकुमार राई र श्याम मगर निर्माता रहेको चलचित्रको पोस्टर शुक्रबार सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । पोस्टरमा पहाडी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ ।
निर्देशक राजेन्द्र बस्नेतले ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई चलचित्रमा प्रस्तुत गरिने बताए । ‘हाम्रो पात्र भरिया हुन्छ । उसले गाउँभरीका सबै मान्छेहरुलाई रिजाएर भारी बोकेर सबैको मनमा बसेर उसको जीविकोपार्जन गर्ने काम गर्छ’, निर्देशक बस्नेतले भने ।
चलचित्रमा डम्बरबहादुर राईको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवनाथ गौतमको गीत हुनेछ । धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने चलचित्रका लागि कलाकार छनोटको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
