कामना फिल्म अवार्ड २०७५ - अनमोल र बेनिषा सर्वोत्कृष्ट अभिनेता -अभिनेत्री
लक्स कामना फिल्म अवार्ड २०७५ अनमोल केसी र बेनिषा हमाल सर्वोत्कृष्ट अभिनेताअभिनेत्री घोषित भएका छन् । अनमोल चलचित्र कृ र बेनिशा ब्लाइन्ड रक्सबाट सर्वोत्कृष्ट घोषित भएका हुन ।
हेर्नुस् कामना अवार्ड २०७५ को पूर्ण नतिजा
सिने मासिक कामनाको आयोजना र सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा अवार्ड प्रदान गरिएको छ ।
अवार्ड समारोहमा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा संगीतकार शम्भुुजित बास्कोटालाई कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मान गरिएको छ । उनीहरुलाई १÷१ लाख रुपियाँसहित सम्मान गरिएको हो ।
मनोरञ्जक प्रस्तुति सहित सम्पन्न अवार्ड समारोहमा कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मानितहरुको सम्मानमा पालैपालो विभिन्न कलाकारहरुले उनीहरु सम्बद्व गीत संगीत प्रस्तुत गरेका थिए भने अभिनेता तथा रंगकर्मीद्वय सरोज खनाल र वीरेन्द्र हमालले मार्किक प्रस्तुति प्रस्तुत गरेका थिए ।
त्यसै गरी कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफीमा प्रथम नायिका भुवन चन्द थापादेखि पछिल्लो पुस्ताका नायक नायिकासम्मले विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
तस्विर सौजन्यः कामना
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
