‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’
‘कलाकर्मी डाइजेष्ट’ नामको मासिक पत्रिकाको बिमोचन गरिएको छ । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको पत्रिका बिमोचनसँगै बजारमा आएको छ ।
शनिवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधिक विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेम नाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देश्ँक दीपाश्री निरौलासहितका व्यक्तित्वले उक्त पत्रिकाको पहिलो अंक विमोचन गरेका हुन् ।
कलाकर्मी मिडिया म्यानेज्मेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल रहेकी छिन । ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ ।
राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको कलाकमी डाइजेष्ट पत्रिकाको विमोचन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भइरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नयाँ दिशा दिने धारणा व्यक्त गरिन ।
कार्यक्रममा विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याउने पाँच जना व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान २०७९’ सम्मानित गरिएको थियो । त्यसक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको हो ।
समारोहमा कलाकर्मी डाइजेष्टका प्रकाशक कृष्ण भट्टराईले विषम परिस्थितका बीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास गरेको बताए । कलाकर्मी डाइजेष्टकी सम्पादक बबिता ढकालले छापा माध्यमको महत्व कहिले पनि नघट्ने भएकाले यो पत्रिकाका प्रकाशनमा आएको बताइन ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
