‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक गरिएको छ। बैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सको कथामा बनेको चलचित्रले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए । चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन्। साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही चलचित्र बनाइएको हो।
चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । चलचित्रलाई दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशीले निर्माण गरेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
