प्रदर्शन मिति तोक्दै ‘कैदिको पत्र’को गीत रिलिज
बैशाख १५ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘कैदिको पत्र’को गीत रिलिज गरिएको छ । सार्वजनिक गरिएको ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर, सनम कुमार बैराग र निखिल गोतामेको शब्द र सुरेश सेञ्चुरीको संगीत रहेको छ ।
कबिराज गहतराजले कोरियोग्राफि गरेको गीतमा चलचित्रका प्रमुख कलाकारहरु कुनाल बिश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय रहेको छ ।
प्रेम र रोमाञ्सको कथामा बनेको यो चलचित्रमा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु देख्न पाईने निर्देशक सनम कुमार बैरागले बताए । यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो । चलचित्रमा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय रहेको छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी चलचित्रका निर्माता हुन् ।
चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अर्जुन जिसिको सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एनुचौबीले कलर ग्रेडिङ्ग गरेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
