Mansara

केकी र निराजनको ‘कहानी तिम्रो मेरो’

२०७७ मंसिर २७
केकी र निराजनको ‘कहानी तिम्रो मेरो’

चलचित्र ‘कहानी तिम्रो मेरो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा केकी अधिकारी र निराजन प्रधान फिचर छन् । उनीहरुलाई रोमान्टिक - कमेडी अवतारमा देख्न सकिन्छ ।

कोरोना भाइरसको महामारी सामान्य भएपछि छायांकन सुरु हुने चलचित्र बिशाल भण्डारीको निर्देशनमा बन्ने छ ।

चलचित्रमा केकी अधिकारी प्रस्तुतकर्ता, रुही सिंह भण्डारी निर्माता र राजकुमार घिमिरे सह(निर्माता रहने छन् । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रलाई २०७८ सालको दशैंमा प्रदर्शन गरिने जनाइएको छ ।

Mahajatra