‘कड्के कमाल के’को ट्रेलर सार्वजनिक, बलिउड र नेपाली कलाकारले अभिनय
चलचित्र ‘कड्के कमाल के’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा बलिउड कलाकार राजपाल यादवका साथै नेपाली कलाकारहरु आर्यन अधिकारी, अभिनेत्री नीता ढुंगाना, लक्ष्मी बर्देवा, एन्जल श्रेष्ठ, प्रकास घिमिरे, रामचन्द्र अधिकारीलगायतको मुख्य भुमिका रहेको छ ।
चलचित्रमा बलिउडका चर्चित कलाकार राजपाल यादवले आर्यनको मामाको भूमिका निर्वाह गरेका छन् । अधिकांश छायाँकन नेपालमा गरिएको चलचित्रको ट्रेलर एक्सन र कमेडीले भरिएको छ । ट्रेलरमा अभिनेता आर्यन अधिकारीलाई कमेडी, एक्सन र रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
ऐतवारी सिंहको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता आशिष राजे हुन् । लक्ष्मण सिंह र भिके सिंहको कथा रहेको चलचित्रलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन् । आउने जेठ १० गतेबाट चलचित्र प्रदर्शन हुनेछ । नेपाल र भारतमा एकसाथ प्दर्शन हुने निर्माण पक्षले जनाएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
