यसपटक होला त काजीको विहे ? यस्तो छ ‘कबड्डी ४’ को ट्रेलर
चलचित्र ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर काजीको विवाहको प्रसंग वरिपरि नै घुमेको छ । हरेक श्रृखलामा काजिको विहेको कुरा उठे पनि कुनै न कुनै कारण काजी एक्लै रहने गर्छ । यसपटकको कबड्डी श्रृखलालाई द फाइनल म्याच भनिएको छ । ट्रेलरले भने यसपटक पनि काजीको विहे नहुने संकेत गरेको छ ।
यसपटक सोल्टिनीका रुपमा मास्टर्नीलाई भित्राइएको छ कबड्डीको दोस्रो श्रृखलामा मैया सोल्टिनीसँग बिहे गरेका बम काजी फेरी बिहेको चक्करमा छन् । तर, किन ट्रेलरले केही भनेको छैन । बरु काजी र बमकाजीले मास्टर्नी पाउन गरेको संघर्ष देखाइएको छ ।
४ मिनेट २८ सेकेण्ड लामो सार्वजनिक ट्रेलर कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ र विजय बरालको वरिपरी घुमेको छ । चलचित्रमा कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको पनि अभिनय छ । समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी र अनुपम शर्माको संगीत र रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल चलचित्रका निर्माता हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
