‘ज्वाइँ साब’को अमेरिका, क्यानडा, यूके र जापान अधिकार बिक्रि
दशैंको अवसर पारेर असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो ।
निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको छ । पोखरेलका अनुसार चलचित्र अक्टोबर ११ तारिख शुक्रबारका दिन अमेरिकाको टेक्स, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, न्यू हेम्प्सायरलगायतका सहरमा सय बढी शोमा चलचित्र प्रदर्शन हुनेछ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रका निर्देशक वसन्त निरौलाले चलचित्रको पोस्टर, टिजर, गीत र पछिल्लो पटक टिकटकमा सार्वजनिक क्लाइमेक्स दृश्यले चलचित्रप्रति विदेशमा बस्ने नेपालीको चासो ह्वात्तै बढेको बताए । ‘अन्य देशहरुमा पनि चलचित्र बिक्रीका लागि कुराकानी भइरहेको छ । चलचित्रको प्रचार सामाग्रीले राम्रो हाइप लिएकाले हामी उत्साहित छौं’, उनले भने ।
मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
