चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक

२०८० कार्तिक २६
चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक

आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । साइकोलोजिकल थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर पनी सस्पेन्स नै छ । चलचित्र मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको चलचित्रमा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ । विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।

चलचित्रको कार्यकारी निर्माता इशा खड्का हुन् । क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् ।